२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वैदेशिक लगानी बारे सुमार्गीको सम्बन्धमा सर्वोच्चले पछि फैसला गर्ने

वैदेशिक लगानी बारे सुमार्गीको सम्बन्धमा सर्वोच्चले पछि फैसला गर्ने

व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको मुक्तीश्री सिमेन्टको नाममा आएको वैदेशिक लगानी फुकुवा गर्ने/नगर्ने सन्दर्भमा सर्वोच्चले बिहीबारका लागि फैसला सुनाउने मिति सरेको छ ।

अर्को मिति तय नभए सम्मको लागि सर्वोच्चले मिति सारेको हो | सर्वोच्चले गत चैत ४ गते बिहीबारको मिति तोकेकोमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मिति सारेको हो ।

यसअघि २०७५ साल पुस २४ गते प्रधानन्यायाधीश जबरासहित न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले नेपाल इन्भेष्टमेन्ट बैंकबाट फुकुवा भएको रकम यथास्थितिमा फर्काउन आदेश दिएको थियो । आदेशमा ‘कानुनबमोजिम जे-जस्तो कारबाही र प्रक्रिया अपनाएर भए पनि नेपाल इन्भेष्टमेन्ट बैंकमा प्राप्त भएको विवादित रकम पहिलेकै अवस्थामा राख्न’ निर्देशन थियो । राष्ट्र बैंकले अदालतको आदेशअनुसार, रकम खोज्न र फर्काउन ‘अस्वाभाविक’ निष्कृयता देखाउँदै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले गत पुस १० गते ‘विवादास्पद’ आदेश गरी मुक्तीश्री सिमेन्टको नाममा आएको वैदेशिक लगानीको रकम चलाउन अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । जोशीको एकल इजलासले ‘सुविधा र सन्तुलन’को कारण देखाई खाता सञ्चालनमा अवरोध नगर्न आदेश दिएका कारण केही दिनमै सिमेन्टका सञ्चालकले उक्त रकम झिकिसकेका छन् । यही अवस्था हुनसक्ने संकेत गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश भट्टराईको इजलासले शंकास्पद रकमलाई पूर्ववर्ती अवस्थामा रोक्का गरिराख्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij