२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कर्मचारी संयोजनमा गुनासाहरु : समय लाग्ने

कर्मचारी संयोजनमा गुनासाहरु : समय लाग्ने

कर्मचारी समायोजनको काम सफलता पूर्वक सकिएको बताएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हजारौं कर्मचारीको गुनासो सुन्न बाध्य भएको छ  । फागुन दोस्रो हप्तामै समायोजन सकिएको मन्त्रालयले जनाएको थियो । तर हाल मन्त्रालयमै समायोजन नमिलेको भन्दै परेका १२ हजार उजुरी छिनोफानो गर्न नै मन्त्रालयलाई हम्मेहम्मे पर्ने देखिएको छ ।

मन्त्रालयले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरु गर्ने भनिएपनि पछिल्लो पटक कर्मचारीहरुकै गुनासाका कारण यो प्रक्रिया लम्बिने निश्चित भएको हो । समायोजनका विषयमा प्राविधिक कर्मचारीहरुले त अझै पनि विरोध नै गरिरहेका छन् ।

समायोजन भइसकेका कर्मचारीले तोकेको ठाउँमा जान विभिन्न व्यावहारिक समस्या देखाइरहेका छन् भने विशेषज्ञ सेवाका कर्मचारी संघीय सरकार मातहत नै रहन पाउनुपर्ने अडानमा देखिन्छन् । यसको समाधान गर्न मन्त्रालयलाई सजिलो भने हुने छैन ।

यसअघि केही महिना भित्रै नयाँ कर्मचारी भर्ना गर्ने भन्दै आएको मन्त्रालय स्वयमले हाल आएर स्थानीय र प्रदेशमा अपुग जनशक्ति भर्ना गरेर पठाउन झण्डै एक वर्ष लाग्ने बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij