२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

के तपाईलाई युरिक एसिडको असर त छैन ? सतर्क रहनुहोस् है !

के तपाईलाई युरिक एसिडको असर त छैन ? सतर्क रहनुहोस् है !

संसारमा रहने लाखौं मानिसहरू युरिक एसिडबाट यति धेरै ग्रसित हुन्छन् कि उनीहरूलाई यसैको पिरलो हुन्छ । यसलाई बाथ पनि भनिन्छ । बाथबाट धेरै पीडित छन् । अध्ययनले संसारका आधा जति संख्यामा युरिक एसिड देखिएको तथ्यांक संकलन गरेको छ । यसले पटकपटक दुःख दिइरहेको हुन्छ । यसमा पनि पश्चिमा र हामीमा फरक छ । पश्चिमी देशको तथ्यांकको आधारमा भन्नुपर्दा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिलाहरूमा यसले निकै सताएको हुन्छ । धेरैजसो बिरामीमा गोडाको बूढीऔंला, गोलीगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग छिप्पिँदै गएपछि भने घुँडा तथा हातका जोर्नीहरूमा पनि असर पर्न सक्छ ।

यसका लागि आहार विहारमा निकै ख्याल पु¥याउनुपर्छ । हाम्रो समाजमा युरिक एसिडको बाथद्वारा ग्रसित बिरामीहरूले जहिले पनि खानपानमा ख्याल राख्दैनन् । उनीहरू बरु खाना खाने तरिकालाई दोष दिने गरेको पनि पाइन्छ । युरिक एसिडको बाथ हुनुमा आहार विहार र खानपानको भूमिका एक चौथाइ जति मात्रै हुन्छ । अर्थात् तिन चौथाई जति भूमिका त हाम्रो शरीर आफंैले उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर परेको हुन्छ ।

खानामा प्रोटिनयुक्त आहार सेवन गर्नाले १ सय मिलि रगतमा बढीमा १ मिलिग्राम युरिक एसिडको मात्रा बढ्छ । युरिक एसिडजन्य प्रोटिनयुक्त खानाको बाबजुद अन्य कारणले गर्दा पनि युरिक एसिड उत्पादन भएको हुन्छ । अर्थात् वंशाणुगत कारण, शारीरिक मोटोपन, लामो अवधि भोको बस्ने बानी, मिर्गाैलाको कार्य विफलता, मिर्गाैलाको पत्थरी, मुटुसम्बन्धी रोगहरू, मधुमेह आदि जस्ता कारणहरूले पनि युरिक एसिड हुन्छ । दीर्घरोगीहरू साथै केही विशेष किसिमका औषधि प्रयोगका कारण पनि यो रोग हुने गर्द छ । युरिक एसिडको बाथलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यस्तो बाथलाई व्यवस्थापन गर्नका लागि विशेषज्ञ डाक्टर र बिरामीबीच उचित छलफल, परामर्श र सहकार्य अनिवार्य हुन्छ । अन्यथा बिरामीहरूले डाक्टरको परामर्शबिना विविध प्रकारका औषधि छोटो समयका लागि सेवन गर्दा रोग झन्झन् जटिल हुँदै जाने सम्भावना रहन्छ । राजधानी दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij