२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गुल्मीमा गुल्मी महोत्सब २०७५

गुल्मीमा गुल्मी महोत्सब २०७५

गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा २० चैतदेखि सञ्चालन भइरहेको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सवमा हालसम्म १३ हजारभन्दा बढी टिकट बिक्री भएका छन् । टिकट काउन्टर संयोजक तेजेन्द्र भलामीका अनुसार चार दिनमा सोही टिकट बिक्री भएका हुन् ।

महोत्सवमा पहिलो दिन निशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । त्यसपछिका दिनमा सशुुल्क प्रवेशको व्यवस्था गराइएको हो । महोत्सवमा विद्यार्थी र एकल महिलाको लागि ४० प्रतिशत छुट गराइएको छ । विद्यार्थी र एकल महिला आफ्नो परिचय खुल्ने पत्रको साथमा आए ५० रुपैयाँ पर्ने टिकट ३० रुपैयाँमै उपलब्ध गराइने भलामीले जानकारी दिए । महोत्सवमा ज्येष्ठ नागरिक, असहाय तथा अपांगलाई पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सवमा पहिलो चरणको नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ । कुल १८ समूह प्रतिस्पर्धामा रहेकोमा हालसम्म १२ वटा छनोट भएका छन् । सोमबारबाट दोस्रो चरणको प्रतियोगिता सुरु हुनेछ । आजको राजधानी दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij