
हुरीबाट अति प्रभावित फेटा फेटा गाउँपालिकाले पिडितलाइ्र्र परिचयपत्र लागू गरेको छ । दातृ संघसस्था र व्यक्तिबाट प्राप्त राहत सहयोग दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि गाउँ कार्यपलिका बैठकले परिचयपत्र लागू गर्ने निर्णय गरेको हो ।
फेटा गाउँपालिका १, ३, ६ र ७ करिव ५ सय जनालाई परिचयपत्र बाँडिएको पालिका अध्यक्ष अमिरीलाल प्रसादले बताउनुभयो । पालिकाको वडा १, भलुही र भरबलिया गाउँमा परिचयपत्र वितरण कार्य भइरहेको पनि उहांले जानकारी दिनुभयो । ‘राहत वितरण अव्यवस्थित र गैह्पीडितले समेत लिने गरेकाले परिचयपत्र वितरण गर्नु परेको हो,’ उहांले भन्नुभयो– ‘कुन परिवारमा धनमालको के कस्तो स्तरको क्षति भएको छ सोको विवरण खुलाएर परिचयपत्र बनाइएको छ ।’ उहांका अनुसार परिचय पत्र बनेकाले मात्र राहत सहयोग प्राप्त गर्ने छन ।
यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले स्रंकलन गरेको पिडित परिवारको तथ्याङ्गक विश्वसनीय नदेखिएपछि उद्धारमा सक्र्रिय नेपाली सेनाले आफ्नै जनशक्ति मार्फत छुट्टै लगत लिने काम शुरु गरेको छ । प्र्रभावित क्षेत्रमा राहत र भङ्गाबशेष सम्याउने कार्य गर्दै आएको नेपाली सेनाले आन्तरिक रुपमा लगत संकलन शुरु गरेको छ । सरकारले हुरीले भत्काएका घर÷भवन पुर्ननिर्माणको समेत जिम्मा दिएपछि सेनाले वास्तविक तथ्याङ्ग आवश्यक रहेको महशुस गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij