२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ग्यास उद्योगीको आन्दोलनको कार्यक्रम घोषणा : माग पूरा नभए चैत ३० गते पछि ग्याँस बेच्न बन्द गर्ने

ग्यास उद्योगीको आन्दोलनको कार्यक्रम घोषणा : माग पूरा नभए चैत ३० गते पछि ग्याँस बेच्न बन्द गर्ने

नेपाल आयल निगमलाई  चैत २० गते सम्ममको अल्टिमेटम राखेर बुझाएको १० बुंदे माग प्रति कुनै सुनुवाई नगरेको भन्दै नेपाल एलपी ग्यास उद्योगि संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ |

संघले भोलिदेखि पीडीओ खरिद तथा ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बुलेटहरु पनि भन्सारबाट नछुटाउने र २८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने बताएको छ ।

चैत ३० गतेबाट ग्यास विक्री वितरण नै बन्द गर्ने एलपी ग्यास उद्योग संघले घोषणा गरेको छ ।

ग्यास उद्योगीहरुको मागबारे अध्ययन गर्न आयल निगमले अध्ययन समिति नै बनाएको थियो । तर, यसबारे कुनै निर्णय नभएकाले आन्दोलन घोषणा गरिएको संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij