२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

संस्थापन पक्ष विरुद्द कांग्रेस जिल्ला सभापतिहरुको छुट्टै भेला काठमाण्डौमा

संस्थापन पक्ष विरुद्द कांग्रेस जिल्ला सभापतिहरुको छुट्टै भेला काठमाण्डौमा

कांग्रेसको संस्थापन पक्ष विरुद्द असन्तुष्टि जनाउंदै नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा चलिरहेको छ । बुधबार विहानबाट क्षेत्रपाटीस्थित होटल काठमाडौंमा चलिरहेको भेला विहीबारसम्म चल्नेछ । गत पुसमा सम्पन्न महासमिति बैठकले अनुमोदन गरेको निर्णयलाई उल्टाएपछि जिल्ला सभापतिहरुले त्यसको विरोध गर्दै आएका छन् ।

भेलामा संस्थापन पक्षीय जिल्ला सभापतिहरुलाई पनि बोलाइएको थियो । तर, उनीहरु उपस्थित भएका छैनन् । भेलामा पार्टीभित्र रहेका आन्तरिक समस्याका विषयमा छलफल भइरहेको काठमाडौं सभापति सवुज बानियाले जानकारी दिए । भेला कुनै नेताको तेजोवध गर्नका लागि आयोजना नगरी पार्टीलाई सुसंस्कृत बनाउनका लागि भएको उनको भनाई छ । भेला अहिले पनि जारी छ ।

पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनु पर्ने र समानुपातिक निर्वाचन प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए । पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै त्यो प्रस्ताव पारित गर्न नेतृत्वलाई दवाव दिएका थिए ।

जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए । जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति समापन समारोहमा प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij