हावाहुरीले तहसनस पारेको बारा र पर्साका विभिन्न ठाउँमा गएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पीडितहरुलाई पार्टीकोतर्फबाट २५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्
देउवा मंगलबार दिउँसो हुरी प्रभावित गाउँ पुगेका हुन् । उनले क्षति भएको स्थान अवलोकन गर्नुका साथै पीडितहरुको गुनासो सुनेका थिए
आइतबार राति बारा र पर्सामा चलेको हावाहुरीमा २७ जनाले ज्यान गुमाएका छन् भने करिब ६ सय घाइते भएका छन्।