
एनसीएल स्पोर्ट्स प्रालिकाे आयोजनामा वैशाख ७ गतेदेखि १४ बिराटनगरमा हुने महिला टि२० लिगको लागि आईतबार अक्सन भएको छ | ४ सहरका ४ टोलीलाई समावेश गरेर बनाईएको लिगमा
रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरी थापा, करुणा भन्डारी फरक फरक टिमका मार्की प्लेयर रहेका छन् | आज भएको अक्सनमा दर्ता भएका ८० ओटा खेलाडी मध्ये हरेक टिमले १३/१३ का दरले ५२ जना खेलाडी लिलामी भएका छन् |

क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीको सहभागिता रहनेछ। सहभागी टोलीका मालिक अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।
प्रतियोगिता खेल्न दर्ता भएका खेलाडिहरुलाइ ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको थियो। अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ, बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ, त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहेकाे थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij