
पूर्वप्रधानमन्त्री एवम नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय गणतन्त्र उल्ट्याएर मुलुकमा निरंकुशतन्त्र फर्कने सम्भव नरहेको दाबी गरेका छन् । काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा दाहालले इतिहासको मञ्चबाट फ्याँकिएका शासकहरुले बेला-बेला प्रहार गरिरहे पनि संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक, संविधान र देशको समृद्धितर्फको यात्रा नरोकिने बताए ।
आफूलाई युद्ध अपराधी भन्दै अमेरिकामा पक्राउ गराउने कोसिस गरिएको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो गलत विचार र प्रवृत्तिलाई जनमतद्वारा परास्त गर्नु पर्ने बताए । ‘झारपात एकचोटी उखेलियो केही पनि होइन भनियो भने झारपात फरि आउँछ । बाली नस्ट गर्न पनि बेर लाउँदैन’ उनले अमेरिकामा आफूलाई उजुरी हाल्नेप्रति सांकेतिक रुपमा भने, ‘त्यसैले बालीमा उम्रिने झारपात बेला बेलामा फाल्दै गर्नुपर्छ ।’ चैत ३ गते अमेरिका गएका दाहाल झन्डै डेढ हप्ताको बसाइ पछि फर्केका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij