
नेपालको पूर्वाधार विकासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब लगानी गर्ने भएको छ । काठमाडौंकोमा दुई दिन भएको लगानी सम्मेलनको अवसरमा एनआरएनएका अध्यक्ष भवन भट्टले लगानीको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
अध्यक्ष भट्टले यस पटकको लगानी सम्मेलनमा गैरआवासीय नेपाली उत्साही भएको बताएका छन् । सम्मेलनमा प्रतिबद्धता धेरै आएपछि सबै कार्यान्वयनमा नआउने उल्लेख गर्दै उनले नेपालमा लगानी सुरु भएको प्रक्रियाले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको बताएका हुन् ।
उनले सम्मेलनमा अपेक्षाभन्दा बढी स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता हुनु सम्मेलनको सफलताको पहिलो कडी भएको बताएका थिए । उनले लगानीको वातावरणका लागि सरकारले ६ वटा कानूनमध्ये तीन वटा बनाइसकेको बाँकी प्रक्रियामा रहेकाप्रति खुशी व्यक्त गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij