नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ दुईपिपलमा रहेको क्रीयटिभ एकेडेमी इङ्लिस बोर्डिङ स्कुलमा सन्चालित एकदिने नि:शुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ।लियो क्लब अफ नुवाकोट परोपकारले आफ्नो तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको हो।उक्त स्वास्थ्य शिविरमा जेनेरल फिजिसियन,बाल रोग ,स्त्री रोग,दन्त रोग,अकुपञ्जर(नशा) अर्थोपेडिक(हाडजोर्नी)सम्बन्धि रोगहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै नि:शुक उपचार गरिएको थियो।स्वास्थ्य शिविरमा ४ महिना देखि ८६ वर्षको उमेरका विभिन्न किसिमका रोगका बिरामीहरु उपचारका लागि आएका थिए।स्थानीय बासिन्दाहरुले गाउँमा नै नि:शुल्क स्वास्थ्य परिक्षण गरेर औषधि उपचार गर्न पाएकोमा खुशी ब्याक्त गरेका थिए।लियो क्ल्ब अफ नुवाकोट परोपकार,लियो लायन्स क्लब काठमाडौ,परोपकार र जिवनी नेपालको आयोजना रहेको थियो।क्रीयटिभ एकेडेमी इङ्लिस बोर्डिङ स्कुल,बेलकोटगढी नगरपालिका वडा नम्बर ५,झिल्टुङ स्वास्थ्य चौकी दुईपिपल,कामरुदेवी मा.वि,महारुद्र युवा क्लब तारुका, शुभ बिहानी युवा क्लब सिउरेनीले सह आयोजना गरेको थियो।
कार्यक्रमको सभापति मोहन नेपाल र प्रमुख अतिथी बेलकोटगढि नगरपालिकाका वडा नम्बर ५ को वडा अध्यक्ष अनन्तराम नेपालको रहेको थियो।नि:शुल्क स्वास्थ्य शिविरमा ककनी सामुदायिक विकास केन्द्रद्वारा संचालित सुआहारा कार्यक्रमले पनि स्तनपान सम्बन्धि परामर्श छलफलको लागि संदेश,महिनावारी स्वच्छताको लागि ध्यान दिनुपर्ने कुराहरु,बच्चाका दिसापिसाबलाई सुरक्षित तरिकाले विसर्जन गर्न ध्यान दिनुपर्ने कुराहरूका साथमा साबुन पानीले हात धुनैपर्ने जोखिमयुक्त अवस्थाहरुका बारेमा कार्यक्रमका फिल्ड सुपरभाइजर समिक्षा लामाले बताएका थिए।पानी शुद्धीकरण गर्ने घरेलु विधिहरु,सुनौलो हजार दिनका कुरा,पोषण कर्नर अन्तर्गत हरेक बार खाना चार जसमा पशु जन्य,हरिया सागपात तथा पहेला फलफुल,गेडागुडी जन्य,अन्न जन्य तथा कन्दमुल र परिवार नियोजन साधनहरु,घरायसी कुखुरालाई स्वास्थ्य तरिकाले पाल्ने तरिका,कार्यक्रममा उपस्थित रहेकालाई फिल्ड सुपरभाइजर लामाले जानकारी दिएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij