२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एसईई परीक्षामा भएको त्रुटी प्रति २ नम्बर प्रदेश गम्भीर : मन्त्री यादव

एसईई परीक्षामा भएको त्रुटी प्रति २ नम्बर प्रदेश गम्भीर : मन्त्री यादव

लगातार रुपमा एसईईका प्रश्न पत्र बाहिरिन थालेपछि २-नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले एसईई परीक्षामा भएको त्रुटिप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । उनले प्रदेश सरकारमाथि षड्यन्त्र भइरहेको भन्दै छानबिन समिति गठन गरी  षड्यन्त्र तुरुन्तै पदार्फास गर्ने बताए ।

शुक्रबार प्रदेशसभा बैठकमा मन्त्री यादवले प्रशनपत्र आउट हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै परीक्षा संघ सरकारबाट संचालन भइरहेकोले प्रदेश सरकारको कुनै गल्ती दाबी गरे । प्रदेश २ को परीक्षाको प्रश्नपत्र मात्र आउट गर्न षड्यन्त्र गर्नेको सरकारले पर्दाफास गर्ने उनको भनाइ थियो । ‘परीक्षा कसले लिएको छ, सबैले बुझेको छ’, उनले भने, ‘सात प्रदेशमध्ये प्रदेश २ को मात्रै प्रश्नपत्र आउट कसरी भयो ? हामी पत्ता लगाएर छोड्छौं ।’ उनले बालबालिकाको भविष्यसँग खेलवाड गर्नेलाई कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij