२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

माथिल्लो त्रिशुली-३ ‘बी’को शेयर बांडफांड : प्रधानमन्त्रीको भागमा २० कित्ता शेयर

माथिल्लो त्रिशुली-३ ‘बी’को शेयर बांडफांड : प्रधानमन्त्रीको भागमा २० कित्ता शेयर

पहिलो पटक सरकारको कार्यकारी प्रमुखलाई धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गराईएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनीको शेयर खरीद गरी प्रधानमन्त्री केपी शर्मा ओली शेयर बजारमा शेयरधनीको रुपमा प्रवेश गर्नुभएको हो । आज भएको बाँडफाटमा प्रधानमन्त्रीलाई २० कित्ता शेयर परेको छ ।

प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन गर्नुभएको थियो । प्रधानमन्त्रीले आवेदन गरे लगत्तै शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सर्वसाधारणलाई शेयर बिक्री गरेको थियो । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत २० कित्ता शेयर परेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतलाई समान २० कित्ता शेयर परेको छ । उक्त कार्यक्रमको पहिलो शेयरमा नै जनताको उल्लेख्य सहभागिता देखिएको छ ।

मुलुकको शेयर बजारमा धेरै भन्दा धेरै नागरिकलाई सहभागी गराउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रम शुरु गरिएको हो । कार्यकारी प्रमुख, मन्त्री तथा उच्च पदस्थ सरकारी कर्मचारी नै शेयर बजारमा शेयरधनीका रुपमा प्रवेश गरेपछि त्यसले सकारात्मक प्रभाव मात्रै पार्ने छैन, लगानीका लागिसमेत अभिप्रेरित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij