२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेविसंघ डोटीले शिक्षा विकास प्रमुखलाई लाईदियो कालोमोसो

नेविसंघ डोटीले शिक्षा विकास प्रमुखलाई लाईदियो कालोमोसो

डोटीको शिक्षा विकास तथा सकाईका प्रमुख अनन्तमन्वय कुमार पौड्याललाई नेवि संघ सर्मथित युवाहरुले प्रमुख पौड्यालको कार्यकक्षमै गएर कालोमोसो लगाएका छन् ।

आइतबार दिउँसो करिब डेढ बजेतिर सकाईका प्रमुख अनन्तमन्वय ई कुमार पौड्याललाई कालोमोसो दलिएको हो |

बिद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउसो कार्यकक्षमा रहेका पौड्याललाई १०/१२ जनाको एक समूहले अभद्र ब्यबहार सहित कालोमोसो दलेको हो ।

एक प्रत्येक्षदर्शीका अनुसार उनीहरुले प्लाष्टिकको झोलामा कालोमोसो बोकेर आएका थिए । कालोमोसो दले लगत्तै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रेस विज्ञप्ती जारी गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले अनियमिता गरेको कुरा सार्वजनिक गरेका छन् ।

विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना बाड्दा पौड्यालले १० प्रतिशत कमिसन खाएर मात्रै बाँडने गरेको, बिद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाई प्रश्नपत्र समेत आउट गर्ने गरेको प्रेस बिज्ञप्ती मार्फत उनिहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij