२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुमार्गीको पोखराको जग्गा विप्लवको कब्जामा

सुमार्गीको पोखराको जग्गा विप्लवको कब्जामा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले व्यापारी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ । सुमार्गीको नाममा रहेको २५ रोपनी विप्लव समूहले कब्जा गरेको छ ।

शनिबार नेकपा विप्लव माओवादी कास्कीले एक विज्ञप्ति जारी गरी सुमार्गीको जग्गा कब्जामा लिएको दाबी गरेको हो । सोवासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलको नाममा रहेको जग्गा आफ्नो कब्जामा रहेको विप्लव समूहले दाबी गरेको छ ।

सो जग्गा २०७१ असार २६ मा सुमार्गीको स्वामित्वमा रहेको कम्पनी मुक्ति श्री प्रालिलाई दुई करोडमा विक्री गरेको माओवादीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij