२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

८० साल सम्म बाटो तीव्र रुपमा बनाईने : प्रधानमन्त्री ओली

८० साल सम्म बाटो तीव्र रुपमा बनाईने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी ओलीले आगामी ८० सालसम्ममा मुलुकमा सडक निर्माण तथा बिस्तारको काम सम्पन्न गरिने बताएका छन् |

पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणघाट–बुटवल खण्डको चारलेन बिस्तार तथा स्तरोन्नती आयोजनाको शुक्रबार बुटवलमा सिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बिकासलाई कसैले पनि रोक्न नसक्ने कुरा बताएका हुन् |

संवत २०८० सालसम्मको युग सडक बिकासको युग भएको बताउँदै त्यसपछिको समय सुरुङ् युगको हुने उल्लेख गरेका छन् । उनले सडक बिस्तारको काम सम्पन्न भएपछि बर्दघाट–दुम्किबास सडकमा सुरुङ् मार्ग निर्माण गरिने बताएका पनि छन् |

त्यस्तै ओलीले ८० साल भित्रै सडक बिकासका काम सम्पन्न गरिने बताउँदै आवश्यक ढुङ्गागिट्टि अभावले आयोजनाको काम नरोकिने बताउँदै पहाड फोरेर भएपनि कच्चा पदार्थको अभाव हुन नदिने उल्लेख गरेको छन् |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij