२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

महिला हिँसाका २३ हजार पत्र सरकारलाई

महिला हिँसाका २३ हजार पत्र सरकारलाई

एम्नेस्टी इन्टरनेसनल नेपालले महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै बिहीबार २३ हजार २ सय ४७ पत्र गृह मन्त्रालयलाई बुझाएको छ ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको एक प्रतिनिधिमण्डलले गृहमन्त्रीका सल्लाहकार विज्ञ सूर्यप्रकाश सुवेदीलाई उक्त पत्रहरू बुझाएको थियो । हरेक वर्ष नोभेम्बर–डिसेम्बरमा एम्नेस्टी इन्टरनेसनलले राइट फर राइट्स अभियान सञ्चालन गर्छ ।

पत्रहरू एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले एम्नेस्टी इन्टरनेसनलको सन् २०१८ को २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्र लेखन कार्यक्रम ‘राइट फर राइट्स’ अभियानका क्रममा संकलन गरेका थिए । यस अभियानका क्रममा एम्नेस्टीले विश्वव्यापी रूपमा आफ्ना समर्थक र सदस्यलाई अन्यायविरुद्ध आवाज उठाउने साहस गर्दा आफ्नो अधिकार हनन भएर प्रताडित भएका व्यक्तिलाई ऐक्यबद्धताको सन्देश पठाउन अनुरोध गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij