२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अष्ट्रेलियन ओपन: गोफिन र फेडरर क्वार्टरफाइनलमा

अष्ट्रेलियन ओपन: गोफिन र फेडरर क्वार्टरफाइनलमा

मेलबर्न । बेल्जियमका टेनिस स्टार डेबिड गोफिन यहाँ भइरहेको अष्ट्रेलियन ओपनको क्वर्टरफाइनलमा पुग्न सफल भएका छन् । उनले आज सोमबार बिहान भएको खेलमा डोमिनिकथिमलाई ५–७, ७–६, ६–२ र ६–२ को अन्तरले पाराजितगरि अन्तिम आठमा स्थानबनाउन सफलभएकाहुन् ।

अष्ट्रिेलियनओपनको इतिहासमाथिम पराजित भएपछि क्वार्टरफाइनलअघि नै आठौं वरियताभित्रकाथिमसमेत ६ जना खेलाडीहरु पहिलो पटक प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यसभन्दाअघि स्वीट्जरल्याण्डका पूर्व विश्वनम्बर १ खेलाडी रोजर फेडरर जापानका केइ निशिकोरीलाई ५ सेटसम्म भएको संघर्षपूर्ण खेलमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।

क्वार्टर फाइनलमा उनले विश्वकावर्तमान १ नम्बर वरियताका ब्रिटीश खेलाडी एन्डी मुरेलाई चौथो चरणबाटै विदालिन बाध्यबनाउने ५० औं वरियताका जर्मन खेलाडी मिस्चा जेभरेजलाई हराउन सके फेडरर अष्ट्रलियन ओपनको इतिहासमा १३ पटक सेमिफाइनल खेल्ने खेलाडी बन्न सफलहुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij