२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बुधबार सम्पन्न भएको 7″A”साइड दोस्रो अर्चले नक आउट फूटबल प्रतियोगितामा महादेवफाँट न्यु भिजन युब क्लब विजयी।

बुधबार सम्पन्न भएको 7″A”साइड दोस्रो अर्चले नक आउट फूटबल प्रतियोगितामा महादेवफाँट न्यु भिजन युब क्लब विजयी।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ अर्चलेमा 7″A” साइड दोस्रो अर्चले नक आउट फूटबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ।समाजसेवी जगत लामाको प्रमुख आतिथ्य र युवा तथा बुद्धिजीवी बुद्धिमान तामाङ र सुरज लामाको अतिथिका साथमा कार्यक्रम भएका थिए।कार्यक्रममा स्थानीय युवा,बुद्धिजीवी र खेलप्रेमिहरुको उल्लेखनीय उपस्थिति रहेका थिए।फागुपुर्णिमाको दिन भएकाले कार्यक्रमको छुट्टै रौनकता थियो।कार्यक्रम हेर्न आउनेहरु पनि विभिन्न रंगहरुमा सजिएका थिए।होलि रंगको चाड साथिभाइ र र आफन्तहरु निकै रङ्गिन भएका थिए।खेलको माहोल भए पनि एउटा चाडको रूपमा कार्यक्रम सम्पन्न भएको एक स्थानीयले बताए।महादेवफाँट न्यु भिजन युवा क्लबले आयोजक क्लब अर्चले युवा क्लबलाई पछि पार्दै विजयी हुन सफल भएको थिए।स्थानीय तहबाट नै राम्रा फूटबल खेलाडी उत्पादन गर्दै देशको गौरवमय शिर उठाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको भए पनि कार्यक्रममा आयोजक वडाका अध्यक्ष लगाएत सदस्य समेत निमन्त्रणालाई अस्विकार गरि अनुपस्थित भएको देख्दा दुख लागेको कार्यक्रम आयोजक अर्चले युवा क्लबका अध्यक्ष प्रताप तामाङले भन्नू भयो।अध्यक्ष तामाङले कार्यक्रमभरि सहयोग गर्ने मिडियाहरुलाई धन्यवाद ब्याक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij