
विराटनगरमा जारी साफ महिला च्याम्पियनशिप खेलका सेमिफाईनलका दुवै खेल बुधवार सम्पन्न भएका छन् | विराटनगरको सहिद रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको छ भने दोस्रो सेमिफाईनलमा भारतले बंगलादेशलाई हराउंदै पाँचौं पटक फाईनल पुगेको छ |
बुधवारको खेलबाट फाईनल पुगेका दुवै टोली नेपाल र भारतले शुक्रबार ट्रफीको लागि प्रतिष्पर्धा गर्ने भएका हुन् |
साफ च्याम्पियनसिपमा नेपालले भारतलाई अहिलेसम्म हराउन सकेको छैन। नेपाललाई भारतले सन् २०१० को पहिलो संस्करणको फाइनलमा, श्रीलंकामा सन् २०१२ मा भएको दोस्रो संस्करणको फाइनलमा र २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणको फाइनलमा गरी लगातार तीन फाइनलमा हराएको थियो। सन् २०१६ मा मा भारतमा भएको अघिल्लो संस्करणमा भने नेपाललाई भारतले सेमिफाइनलमा हराएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij