
आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिमको मालिक नेपाली चलचित्रकि नायिका रेखा थापा भएकी छिन |
कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरिएको छ। काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन्।
प्रतियोगिताका लागि अब खेलाडी भित्र्याउन अक्सन हुने र अक्सनको मिति चाँडै घोषणा गरिनेछ ।
प्रतियोगिता आगामी बैसाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने तय गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij