स्वतन्त्र फुल्ने बाटोको फूलमा क-कसको नजर पर्छ?
आँखाको तरवार मुटुमा लागे यो दिलमा,, असर पर्छ!
नजित तिम्रो नहार मेरो नबाजी हुन्छ ख्याल् ख्याल्!
छातीको मैदान मुटुको योद्धा मायामा समर पर्छ।
समय लाग्ला इशारा बुझ्न लाजले ओठ टोक्ला!
जवानी चुम्ने रहर छ एक दिन आधरम अधर पर्छ।
हतारले पाउ डालीमा राखे काँडाले ईष्र्या राख्ला!
नबुझी पिए खोल्सिको पानी अमृतमा जहर पर्छ।
हुँदैन आँखा अँधेरी रातको मर्जिले जाग्ला “तृष्णा”
नखोली घुम्टो पठाऊ फिर्ता देख्ने लाई अभर पर्छ।

बिन्दा लामा
___________” तृष्णा ” __________
सिन्धुली”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij