२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विद्यार्थी तर्साउँदै मेडिकल कलेज – गण्डकी मेडिकल कलेज

विद्यार्थी तर्साउँदै मेडिकल कलेज – गण्डकी मेडिकल कलेज

सरकारले तोकेभन्दा बढी शुल्क उठाएको विरोधमा विद्यार्थीले गण्डकी मेडिकल कलेजमा लगाएको ताला ४६ दिनपछि शनिबार खोलेका छन् । उच्च अदालत पोखराले कलेज सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खोलिदिएपछि न्याय पाउने विश्वासमा विद्यार्थीले कलेज र अस्पतालमा लगाएको ताला खोलेका हुन् । ताला खुले पनि कलेज र अस्पताल सञ्चालन भने अनिश्चित छ ।

‘न्यायालयको आदेशलाई सम्मान गर्दै न्याय पाउने विश्वासमा हामीले ताला खोलेका छौँ । यसको मतलब हाम्रो आन्दोलन टुंगियो भन्ने होइन,’ विद्यार्थी अगुवा अनित सिन्हाले नयाँ पत्रिकासँग भने, ‘हामी लाखौँ खर्च गरेर पढ्न आएका हौँ, यो वातावरण बनाउने जिम्मा सरकार र कलेज प्रशासनको हो ।’

गैरकानुनी शुल्कको विरोध गरेर आन्दोलनमा उत्रिएका विद्यार्थीलाई सबक सिकाउने भन्दै कलेज प्रशासनले धम्की दिँदै आएको थियो । त्यसैले विद्यार्थीहरू न्यायिक लडाइँबाट अगाडि बढ्न तयार भए पनि कलेज प्रशासनले ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरिरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij