२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अस्ट्रेलियन ओपन : क्वाटरफाइनलमा सेरेना भर्सेस जोहन्ना

अस्ट्रेलियन ओपन : क्वाटरफाइनलमा सेरेना भर्सेस जोहन्ना

काठमाडौं । बेलायतकी जोहन्ना कोन्टा अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

सोमबार बिहान भएको खेलमा रुसकी एकाटेरिना माकारोवालाई हराएर कोन्टाले अन्तिम ८ मा स्थान बनाएकी हुन् । नवौं बरियताकी कोन्टो ३० औं बरियताकी काकारोवालाई ६–१ र ६–४ को सोझो सेटमा हराएकी हुन् ।

क्वाटरफाइनलमा कोन्टाले अब विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्ससँग प्रतिस्पर्धा गर्ने छिन् ।

सेरेना चेक गणतन्त्रकी कार्बोरा स्ट्राईकोवालाई ७–५ र ६–४ को सेटमा हराएर अन्तिम ८ मा पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij