२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आयात उच्च निर्यात शुन्य : ७८० अर्ब १९ करोड रुपैयाँ घाटा

आयात उच्च निर्यात शुन्य : ७८० अर्ब १९ करोड रुपैयाँ घाटा

चालू आर्थिक वर्षको पहिलो सात महिनामा देशको कूल वस्तु व्यापार घाटा २७.१ प्रतिशतले विस्तार भई करिव ७८० अर्ब १९ करोड रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा देशको कूल वस्तु आयात उच्च दरले बढेको तर निर्यात भने झिनो दरमा मात्रै बृद्धि भएका कारण व्यापार घाटा उच्च दरले बढेर करिब ७८० अर्ब १९ करोड रुपियाँ पुगेको हो ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा कुल वस्तु निर्यात ११.५ प्रतिशतले वृद्धि भई ५३ अर्ब ८ करोड रुपियाँमा सीमित भएको छ ।

तर यस अवधिमा कुल वस्तु आयात भने २६ प्रतिशतले बढेर करिब ८३३ अर्ब २७ करोड रुपियाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, चालू आर्थिक वर्षको पहिलो सात महिनामा औसत मूल्य बृद्धि ४.२ प्रतिशत रहेको छ ।

यसैगरी, समीक्षा अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको छ ।

यस अवधिमा मुलुकको शोधनान्तर स्थिति करिब ४९ अर्ब ३२ करोड रुपियाँले घाटामा रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा राजश्व सङ्कलन २२.१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij