सोल । सामसुङ कम्पनीले आफ्नो पछिल्लो उत्पादन नोट ७ मा देखिएको खराबीसँगै कम्पनीले चीनबाट उल्लेख्य कटौती गरेको छ । चीनबाट कम्पनीले २० प्रतिशतका कर्मचारीहरु कटौती गर्ने निर्णय गरेको हो । सामसुङ कम्पनीले व्यपारिक क्षेत्रमा देखिएको गिरावटसँगै आफ्ना कर्मचारीहरुमा पनि कटोती गर्ने निर्णय गरेको हो।
सामसुङ कम्पनीका उत्पादनहरुको ब्याट्रीमा देखिएको खराबीको कारण केही समयअघि कम्पनीको सबैभन्दा बढी आशा गरिएको उत्पादनमा खराबी देखिएपछि कम्पनी व्यापारिक रुपमा कमजोर देखिएको थियो । चीनको बजार सामसुङ कम्पनीको लागि निकै महत्वपूर्ण रहेको अवस्थामा चीनको व्यापारिक नतिजा पनि कमजोर देखिएपछि सामसुङ कम्पनीले आफ्नो चीनको व्यापार केही सुस्त राख्ने निर्णय गरेको हो । अहिले गरिएको निर्णयले कम्पनीको आर्थिक अवस्थामा पनि सहयोग पुग्ने बताइएको छ । यसअघि कम्पनीले आफ्ना उत्पादनहरुमा देखिएको कमजोर नतिजाको कारण बिक्री भएका २५ लाख नोट ७ का स्मार्टफोनहरु फिर्ताको निर्णय गरेको थियो । जसको कारण कम्पनी आर्थिक हिसाबमा कमजोर देखिएको थियो।
सामसुङ कम्पनीले अहिले ल्याएको योजनाले सामसुङ कम्पनीको व्यापारिक नतिजामा असर प्रभाव पर्ने बताइएको भएता पनि पछिले समय चीनको बजार भने विस्तारको क्रममा रहेको छ । अहिले सार्वजनिक गरिएको नतिजाअनुसार केही कर्मचारीहरुसँग कम्पनीले आन्तरिक हिसाबमा वार्ता गरिरहेको र केही कर्मचारीहरुलाई भने अवकाश दिनुपर्ने बाध्यात्मक अवस्थामा कम्पनी पुगेको उल्लेख गरिएको छ । पछिल्लो समय सामसुङ कम्पनीले ल्याएको योजनासँगै के दक्षिण कोरियन कम्पनी चीनको बजारबाट बाहिरिन लागेको त होइन भन्ने प्रश्न जन्मिएको छ।
यद्यपि सामसुङ कम्पनीले आफ्ना उत्पादनहरु फिर्ता गर्ने क्रममा पनि चीनको बजार सुरुवाती चरणमा समावेश गरेको थिएन । सामसुङ कम्पनीले चीनबाट ४० दिनसम्म पनि स्मार्टफोन फिर्ता नगरेपछि चिनियाँ विभागले सामसुङ कम्पनीलाई चीनमा बिक्री भएकमा एक लाख ९० हजार स्मार्टफोनहरु फिर्ता गर्नको लागि निर्देशन जारी गरेको थियो।
अहिले चीनमा सामसुङ कम्पनीका सातवटा शाखाहरु रहेका छन् । उक्त शाखाहरुले चीनका विभिन्न ३२ प्रान्तहरु समेट्ने गरेको छ । जुन शाखाहरुमा अहिले १० हजार कर्मचारीहरु काम गरिरहेका छन् । पछिल्लो समय सार्वजनिक भएको विवरणले पनि सामसुङ कम्पनीको व्यापारिक नाफा त्रैमासिक रुपमा १६ दशमलव ८ प्रतिशतले गिरावटमा परेको थियो । यो नतिजा कमजोर नतिजा भएता पनि यसको कारण रोजगारीमा असर पर्ने किसिमको निर्णय लिनु आवश्यक भने नरहेको विश्लेषकहरुको भनाइ रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij