
आगामी महिना देखि सुरु हुने आईसीसी १९ वर्ष मुनिको विश्वकपको एसिया छनोटको तयारीका लागि नेपाली टोली भारतमा अभ्यासको क्रममा जाने भएको छ |
शनिवार देखि भारत भ्रमणमा रहने नेपाली युवा क्रिकेट टोलीको कप्तानी यसपटक भने रोहित कुमार पौडेललाई दिईएको छ | भारत भ्रमणक क्रममा नेपाली टोलीले भारत आन्द्र प्रदेश क्रिकेट एसोसियनको क्रिकेट टोली संग ४ ओटा अभ्यास खेल खेल्ने प्रशिक्षक बिनोद दासले जनाएका छन | प्रशिक्षक दासले पौडेलको कप्तानी १८ जना युवा टोली रहेको बताएका छन |
भारत भ्रमणमा जाने नेपाली युवा क्रिकेट टोली:
मोहमद आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, भिम सार्की, रबि कुमार शाह, रित गौतम, कमलसिंह ऐरी, रासिद खान र सागर ढकाल छन्।
त्यस्तैगरी, अभिशेक बस्नेत, कुसल मल्ल, हरि बहादुर चौहान, प्रतिस जिसी, आकाश चन्द, सुर्य तामाङ, लोकेश बहादुर मल्लले पनि टोलीमा स्थान बनाएका छन्। नेपालले भारत भ्रमणमा आन्द्रा प्रदेश क्रिकेट टोलीसँग ४ अभ्यास खेल खेल्नेछ। अभ्यासपछि १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गर्ने प्रशिक्षक दासले बताए। अभ्यासका क्रममा ब्याटिङ कन्सलटेन्ट अपूर्व देशाइले नेपाली टोलीलाई प्रशिक्षण गर्नेछन्। नेपाली टोली शनिबार दिउँसो २:४० बजे भारत प्रस्थान गर्नेछन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij