
घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउन नपाइने भएको छ ।
संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता समितिले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’मा संशोधन गर्दै साना लगानीका क्षेत्रहरुमा विदेशी लगानी तथा प्रविधि ल्याउन रोक लगाउने व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।
समितिले लघु तथा घरेलु र व्यक्तिगत व्यवसायहरुमा स्वदेशी लगानी मात्रै स्वीकार गर्ने गरी बिधेयक संशोधन गरेको छ । यसअघि सरकारले प्रस्ताव गरेको विधेयकमा साना लगानीका क्षेत्रमा पनि विदेशी प्रविधिलाई लगानीका रुपमा स्वीकार गर्ने व्यवस्था प्रस्ताव गरिएको थियो ।
अब भने तोकिएका क्षेत्रहरुमा विदेशी प्रविधिलाई लगानीका रुपमा स्वीकार नगर्ने गरी विधेयक संशोधन गरिएको छ । घरेलु तथा साना उद्योगीले आत्मनिर्भर हुने क्षेत्रमा वैदेशिक लगानी ल्याउन नपाइने व्यवस्था गर्न माग गर्दै आएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij