२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार भित्रै रहेको कमल थापाको दाबी

वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार भित्रै रहेको कमल थापाको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरपर नै भएको दावी गरेका छन् ।

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले भने ‘केही दिनअघि प्रधानमन्त्रीले विप्लव माओवादीलाई लुटेराहरुको संस्था हो भन्नुभयो । यसबारेमा सरकारमा बसेको तपाईलाई धेरै सूचना होला’ उनले भने ‘विप्लव कति लुटेरा हुन् होइन तपाई जान्नुस् ।

तर वाइडबडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुनकाण्डका वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरपर नै छन् । सक्नुहुन्छ भने यिनीहरुलाई प्रतिबन्ध लगाउनुस् ।’ सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको ऐजेण्डा नछाड्ने बताएका छन् । साथै, उनले काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प समेत गरेका छन् । उनले  आफ्ुनो पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij