२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपाल-भारत बिजनेस फोरमकाे स्थापना

नेपाल-भारत बिजनेस फोरमकाे स्थापना

नेपाल तथा भारतबीचको व्यापार घाटा न्यूनिकरणको लागि व्यवसायिक क्रियाकलाप गर्ने उद्धेश्यले बिजनेश फोरम स्थापना गरिने भएको छ। शनिबार नयाँ दिल्लीको ताज प्यालेसमा विशेष कार्यक्रम गरेर फाेरम स्थापनाकाे निम्ति औपचारिक घोषणा गरिएकाे हाे ।

भारतमा यो संस्थालार्इ भारत नेपाल बिजनेश फोरम र नेपालमा नेपाल भारत बिजनेश फोरमको नाममा संचालन गरिनेछ।  नेपालका लागि संस्थाका अध्यक्ष सुपरिचित उद्ममी अरुणराज सुमार्गी रहेका छन्  भने भारतकालागि व्यवसायी मुकेश गुप्ताले अध्यक्षता गर्ने भएका छन्।

कार्य्रकममा फोरम नेपालका अध्यक्ष अरुणराज सुमार्गीले पहिलो चरणमा व्यापार घाटा न्युनिकरणका लागि नेपाल तर्फ जाने परिवहनमा भारत निर्यात हुने अर्धतयारी उत्पादनको निर्यातमा जोड दिने बताए।

नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालकाे समेत उपस्थिति रहेकाे उक्त कार्यक्रममा बाेल्दै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाइ थप मजबुत बनाउनका लागि फोरमले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे । संदेशमा प्रधानमन्त्री दाहालले दक्षिण एशियाली मुलुकमा आर्थिक विकासमा भारतको नेतृत्वदायी भुमिकाका कारण पनि यो संस्थाले दुइ मुलुक  बीच आर्थिक सामाजिक विकासमा उदाहरणरीय काम गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । सो सन्देशलाइ भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पढेर सुनाए।

कार्यक्रममा पूर्व अर्थमन्त्री डा राम शरण महतले नेपालको भारतसँगको उच्च व्यापार घाटा कम गर्नका लागि यस्ता संस्थाहरुले नीति निर्माताहरुलाइ घच्घच्याउने काम गर्न सक्ने हुँदा प्रभावकारी रुपमा यसका क्रियाकलापहरुलाइ अगाडि बढाउनुपर्नेमा जोड दिए।

सुमार्गी सम्मानित ः

 

भारतीय जनता पार्टीका नेता बिजय जाँलीको अगुवाइमा संस्थाको स्थापना भएको हो । कार्यक्रममा जाँली नेतृत्वको दिल्ली स्टडिज ग्रुपले नेपाली उद्योगपति अजयराज सुमार्गीलाइ सम्मान परेको थियो । मुख्य रुपमा सुमार्गीको सम्मानलाइ हाइलाइट गरिएको कार्यक्रममा फोरमको घोषणा गरिएको हो । कार्यक्रमको गेस्ट अफ अनरको रुपमा नेपाली राजदूत दीपकुमार उपाध्यायलाइ पनि सम्मान गरियो।

खलंगा किल्ला तथा स्मारकको संरक्षणमा सुमार्गिकाे १० लाख सहयाेग ः

यसैबीच भारतको देहरादुनको खलंगा स्थित किल्ला तथा स्मारकको संरक्षण तथा प्रबद्र्धनका लागि उद्योगपति अजेयराज सुमार्गीले दश लाख भारतीय रुपैयाँ प्रदान गरेका छन् । सुमार्गी अध्यक्ष रहेको थाहा दर्शन अध्ययन प्रतिष्ठानको तर्फबाट सो सहयोग प्रदान गरिएको हो। बीर बलभद्र कुँबरको स्मारक निर्माणकालागि सहयोग प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij