सरकारले मंगलबार बसेको बैठकबाट हिंसा र चन्दा आतंक बढाएको भन्दै विप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्धको निर्णय गरेपछि त्यसको विरोधमा नेकपा विप्लवका महासचिव विप्लवले कडा विज्ञप्ति जारी गरेका छन् |
महसचिव विप्लवद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा झापा विद्रोह र जनयुद्दबाट आएका अहिलेका सरकार संचालकहरु सबै कमिसन खोर, भ्रष्ट, दलालहरु भएको आरोप लगाउंदै सरकारले लगाएको प्रतिबन्धको जवाफ दिने सन्देश व्यक्त गरेका छन् |
सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाए संगै कपिलवस्तु र रोल्पामा प्रहरीले गरेको अपरेशनबाट आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको प्रति असन्तुष्टि जनाउदै ‘केपी-बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रुपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ | साथै विज्ञप्तिमा एन्सेल, म्यानपावर कम्पानी र अरुण तेस्रो माथि कारवाही हुनु स्वभाविक रहेको जनाईको छ | आउने दिनमा केपी-बादल पनि सो कारवाहीमा पर्न सक्ने सहितको विज्ञप्तीमा लेखिएको छ |

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij