२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

तस्बिरमा हेर्नुस: ​गौशालामा बीच सडकमै यसरी फस्यो ट्रक

तस्बिरमा हेर्नुस: ​गौशालामा बीच सडकमै यसरी फस्यो ट्रक

काठमाडौं । काठमाडौंको व्यस्त सडक गौशालामा मालबाहक ट्रक एकाएक सडकमा फसेको छ । बिहान करिव १० बजे ।

ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा हम्मेहम्मे परेको थियो। कारण थियो ‘बीच सडकमै फसेको मालबाहक ट्रक’

मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाइप बिच्छ्याउने क्रममा खानेको खाल्डोमा सोमवार बिहानदेखि ट्रक फसेको थियो । सडकको बीच भागको खाल्डोसँगै पानी जमेका कारण ट्रक फसेको हो ।

ट्रक फसेपछि कार्यालय समयमा सर्वसाधरणलाई गन्तव्यमा पुग्न समस्या परेको थियो। ट्राफिकलाई सवारी व्यवस्थापनमा समेत समस्या परेको थियो। केही समयदेखि मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका बिभिन्न भाग पाइप बिच्छ्याउने क्रम जारी राखेको छ ।

समयमै काम सम्पन्न नभएका कारण राजधानीको सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij