औषधी व्यवसायमा नियमन गर्ने निकाय नेपाल औषधी व्यवस्था विभाग हो । उक्त निकायले हामी व्यवसायीहरुलाई नियमन गर्दै आएको छ । हामी त्यसै संस्थाको नियमनमा रहेर व्यवसाय गर्दै आएका छौं । औषधी व्यवसायलाई राम्रो तवरले सञ्चालन गर्नको निम्ति राज्यले लामो समय सम्म चल्न सक्ने किसिमका नीतिहरु बनाउनुपर्ने हो । तर अहिलेको अवस्थामा नेपालमा औषधीको क्षेत्रमा पनि निकै छोटो समयको अन्तरालमा नै नयाँ नयाँ नीतिहरु आउने गरेका छन् । ती नीतिहरु उत्पादक, वितरक, उपभोक्ता कसको हितको निम्ति आएका हुन्, हामी व्यवसायीहरुले बुझ्न पनि सकेका छैनौं ।
नेपालमा नयाँ ल्याइने नीतिहरु नेपालको परिस्थिति बमोजिम तय हुन सकेका छैनन् । नेपालमा अहिले पनि स्वास्थ्य क्षेत्रको अवस्था निकै नै कमजोर रहेको अवस्थामा पनि हामीले औषधी क्षेत्रको पहुँचलाई सबैमा पु¥याउनमा लाग्नुको सट्टा असम्भव नीति ल्याउने काम गरेको कारण लागु हुन सक्ने अवस्था छैन ।
नेपालमा औषधी व्यवस्था विभागले नीति निर्धारणको क्रममा व्यवसायीहरुलाई समेत छलफलमा सामेल गराएपनि नीतिहरु भने राज्यले एकलौटी रुपमा नै लागु गर्दै आएको छ । नेपालमा ल्याइने नीतिहरु राम्रो प्रणाली स्थापनाको निम्ति भन्दा पनि कुनै व्यक्ति र तप्काको मान्छेलाई सन्तुष्ट पार्ने किसिमले ल्याउने गरिएको हामीले महसुस गरेका छौं ।
नेपालमा पाउने औषधी विश्वका अन्य औषधीको तुलनामा सस्तो छ । अहिलेको अवस्थामा आइपुग्दा विश्वका अन्य देशहरुले औषधीको पेटेन्ट गराइसकेका छन् । तर नेपालमा भने पेटेन्ट नभएको कारणले गर्दा अहिले सम्म औषधी सस्तो छ ।
नेपाल सरकारले औषधीको मूल्य निर्धारण गर्न सक्नेछ भन्ने किसिमले धेरै पहिलेको ऐनमा व्यवस्था गरेको हुनाले त्यसै ऐन अन्तरगत नै नेपालमा औषधीमा मूल्य तोक्ने काम भएको छ । अब नयाँ आउने ऐनमा औषधीमा मूल्य तोकिनुुुहुँदैन । राज्यले कुनै मेकानिज्म बिना नै मूल्य तोक्ने गरेकोछ । यो एउटा सस्तो लोकप्रिउताको निम्ति पनि भएको छ । विश्व भर अहिले हरेक वस्तुको मूल्य खुल्ला बजार अर्थनीति अनुसार नै निर्धारण हुँदै आएको अहिलेको अवस्थामा पनि औषधीको मूल्य निर्धारण हुनु दुखद कुरा हो ।
कुनै पनि मुलुकको विकासको निम्ति समग्र दृष्टिकोण आवश्यक रहन्छ । हरेक तहमा यसलाई व्यवस्थित गर्नु जरुरी छ । राज्यले नेपालमा रोजगारी तथा स्वास्थ्य सेवा पु¥याउन नसकेको अवस्थामा त्यस्ता ठाउँमा औषधी व्यवसायलाई पु्यार्उनको निम्ति सहयोग गर्नु जरुरी छ ।
नेपालमा रोजगारीको अवसर नभएको अहिलेको अवस्थामा औषधी व्यवसाय पनि रोजगारीको निम्ति नै सञ्चालन गर्ने परिपाटी बसेको छ । यस्तो अवस्थामा औषधी व्यवसाय व्यवस्थित नबन्न सक्ने अवस्था पनि रहन सक्छ । यसकारण राज्यले औषधी व्यवसायलाई व्यवस्थित गर्नको निम्ति त्यस्ता पसलहरु चलाउनेलाई तालिम दिएर वा बन्द नै गराएर भएपनि आफ्नो नीति भित्र ल्याउनु जरुरी छ ।
नेपाल भर अहिलेको अवस्थामा औषधीको मूल्यमा एकरुपता छ । नेपाल औषधी व्यवसायी संघले यसलाई व्यवस्थित गर्ने काम गर्दै आएको छ । अहिले पनि गाउँमा औषधीको सहज उपलब्धता छैन ।
ग्रामीण क्षेत्रमा अहिले पनि नेपालमा औषधी उपलब्ध नभएको अहिलेको अवस्थामा कसरी सबैको पहुँचमा औषधी पहुँच पु¥याउने काम गर्न सकिन्छ भन्ने सम्बन्धमा विशेष व्यवस्था गर्नु जरुरी छ । स्वास्थ्य सेवालाई सुधार गर्नको निम्ति नेपालमा औषधीको सहज पु¥याएर मात्र हुँदैन । सबैभन्दा पहिले सरसफाईको पहुँचलाई पनि विस्तार गर्नु जरुरी छ ।
अहिले नेपालमा भएको औषधी उपभोग मिति सकिए पश्चात् सम्बन्धित कम्पनीले नै फिर्ता लिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा नेपालमा कुनै व्यवसायीले पनि मिति गुज्रेको औषधी विक्री गर्नुपर्ने आवश्यकता पनि छैन । यद्यपि यस मामिलामा राज्य पनि चनाखो हुनु जरुरी रहन्छ । औषधी नियमित रुपमा रेगुलेट हुने भएको र औषधी संवेदनशिल समेत क्षेत्र भएको कारणले गर्दा यसलाई नियमित रुपमा व्यवस्थित गर्नको निम्ति हरेक महिना २ पटक चेकजाँच गर्नुपर्ने आवश्यकता छ ।
अहिलेको अवस्थामा नेपालमा औषधी क्षेत्रलाई व्यवस्थित बनाउनको निम्ति विभिन्न सूचनाहरु निकाल्दै आएको छ । यसको अलावा नेपाल सरकारसँग आवश्यक जनशक्ति समेत नभएको कारणले गर्दा अहिलेको अवस्थामा यस क्षेत्रलाई राज्यले व्यवस्थित बनाउन सकेको पाइएको छैन ।
हामीले संघको माध्यमबाट नेपालमा भएका औषधी व्यवसायीहरुलाई समय समयमा शिक्षित गर्दै आएका छौं । औषधी व्यवसायलाई व्यवस्थित गर्नको निम्ति यस संघले नियमित रुपमा काम गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij