२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चर्चित बेलायती इतिहासकार भन्छन् : अब विश्वबाटै शान्ति अन्त्य हुन सक्छ

चर्चित बेलायती इतिहासकार भन्छन् : अब विश्वबाटै शान्ति अन्त्य हुन सक्छ

ट्रम्पले अब परमाणु कोड प्राप्त गर्छन्

एजेन्सी । चर्चित बेलायती इतिहासकार डेभिड आर्मिटेजले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि वैश्विक शान्ति पहिलेभन्दा अनिश्चित भएको बताएका छन् । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक समेत रहेका आर्मिटेजले गृहयुद्धको इतिहास र यसको बदलिदो स्वरुपका बारेमा एक कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

आर्मिटेजले भने, ‘एक यस्ता व्यक्ति, जसको नाम अब पनि राष्ट्रपतिको रुपमा प्रयोग गर्न सकिन्न । उनलाई छिट्टै परमाणु कोड प्राप्त हुनेछ । उनको अस्थिरता, बन्दुक प्रेम र अमेरिकालाई संसारकाविरुद्ध खडा गर्ने इच्छाको अर्थ हो कि लामो शान्तिको अवधि अब अन्त्य हुनेवाला छ ।’

उनले ट्रम्प राष्ट्रपति बनेपछि अब अमेरिकी नागरिक अनिश्चित क्षेत्रमा रहेको टिप्पणी गरेका छन् । आर्मिटेजले राजनीतिक आधारमा हुने चरम ध्रुविकरण समकालीन राजनीतिमा डरलाग्दो संकेत हुने उनको भनाई छ । लेखक पल बिट्टीले ट्रम्पको बाचा गर्ने प्रवृत्तिको कारण उनलाई कार बेच्ने व्यक्ति जस्तो भएको टिप्पणी गरे ।

उनले भने, ‘मैले शपथ ग्रहण देखिन । मैले कुनै झल्को र भाषणको लिखित रुप देखे । उनको हेराई डरलाग्दो थियो । भनाई कुनै उत्साह लागेन । मैले त्यही महसुस गरे ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij