२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उखु काट्ने खेताला पाईएनन् : खेत मै सुकेर सकिन लागे

उखु काट्ने खेताला पाईएनन् : खेत मै सुकेर सकिन लागे

उखु काट्नका लागि मजदुरको अभाव भएपछि उखु सुकेर जाने डरले किसानलाई सताउन थालेको छ। गाउँघरका अधिकांश युवाहरु रोजगारीको शिलशिलामा खाडी मुलुक र भारतमा तिर लागेपछि उखु काट्नका लागि गाउँघरमा मजदुरको अभाव भएको हो।

संचालन हुनु पर्ने सयमभन्दा ढिलो उद्योग संचालन भएर मजदुर नपाउने समस्या अहिले सर्लाहीका विभिन्न गाउँमा देखिन थालेको छ । मंसिरको तेस्रो हप्ताबाट संचालन हुनु पर्ने उद्योग माघबाट संचालनमा आएपछि झन समस्या थपिएको किसानहरुले बताएका छन् ।

हरिवन नगरपालिका ९ सुकेपोखरीकी ५५ वर्षीय मोहन माया बिक मजदुर नपाएपछि एक्लै उखु काट्नु परेको गुनासो गर्छिन्। एक क्विन्टल उखु काटेर सवारी साधनमा लोड गरेको सय रुपैयाँ मजदुरले लिन्छन् । त्यसमाथि ढुवानी खर्च, रोपाइँ खर्च, गोडमेल र मलको खर्च निकाल्दा किसानलाई उखु खेतीबाट फाइदा नहुने बिकले बताएकी छिन् । ‘भाडामा लिएर खेती गर्दै छु’, बिकले भनिन्, ‘सबै खर्च निकालेर खेत मालिकलाई पनि पैसा दिदाँ थोरै पैसा बच्छ ।’  आजको अन्नपूर्ण दैनिकमा समाचर छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij