
काठमाडौंका गौरव राज घिमिरेले डेढ घण्टासम्म लगातार पुस्तकलाई हातको औंलामा घुमाएर किर्तिमान कायम गरेका छन् । चावहिलमा आज भएको विश्व किर्तिमान परीक्षणमा घिमिरेले गिनिज बुक अफ वर्ल्ड रेकर्डको एक दशमलव ०८९ किलोग्राम तौल भएको पुस्तक लगातार औंलाको टुप्पोमा घुमाएर किर्तिमान बनाएका हुन् । यसअघी उक्त किर्तिमान नाइजेरियाका बेञ्जामिन इन-इ-मुगाको नाममा दर्ता थियो । बेञ्जामिनले गत बर्ष जुन २१ तारिखमा १ घण्टा नौ मिनेट ४६ सेकेण्ड सम्म पुस्तक घुमाएर किर्तिमान बनाएका थिए । उक्त किर्तिमान भंग गर्ने क्रममा २३ बर्षिय घिमिरेले २५६ पृष्ठको गिनिज पुस्तक यो समाचार तयार पार्दासम्म १०९ मिनेट लगातार औंलामा घुमाएका छन् ।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij