२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चिनिया गुप्तचर निकायको सक्रियता : तराईमा गतिविधि तीव्र

चिनिया गुप्तचर निकायको सक्रियता : तराईमा गतिविधि तीव्र

पछिल्लो समय चीनले नेपालमा आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ । तराईका अधिकांश जिल्लाहरूमा चीनले विभिन्न बहानामा आफ्नो उपस्थिति जनाइरहेको छ ।

भारत र पाकिस्तानबीच द्वन्द्व बढिरहेका बेला चिनियाँ दूताबासले प्रदेश २ को राजधानी जनकपुरमा आफ्ना गुप्तचरहरू परिचालन गरेको स्रोतले जनाएको छ ।

जनकपुरधामका एकजना सत्तारुढ नेकपाका नेताले चीनका लागि सूचना संकलन हुन थालेको संकेत आफूले पाएको बताए । ‘चिनियाँ नागरिकहरू जनकपुरधाममा देखिन थालेका छन् । उनीहरू जनकपुर आउनुको कुनै कारण छैन’, ती नेताले भने,‘चीनले प्रदेश २ मा हुने गतिविधिलाई नजिकबाट नियालिरहेको छ ।’

त्यति मात्रै होइन चीनले विराटनगर, झापा, नेपालगञ्ज, कैलाली, कञ्चनपुर, बैतडी, डोटीसहितका जिल्लाहरूमा समेत आफ्ना मान्छेहरू खटाएको स्रोतले जनाएको छ । चीनविरुद्ध हुने कुनै पनि स–साना गतिविधिहरू संकलन गर्ने गरेका छन् । चीनले प्रदेश ५ मा पनि आफूलाई दह्रो रुपमा उपस्थिति जनाउन थालेको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गर्ने गरेकी छिन् ।

चीनले विशेष गरेर प्रदेश २ र प्रदेश ५ मा आफूलाई केन्द्रित गरेको छ । यी दुई प्रदेशमा भारतको दब्दवा भएपछि चीनले पनि आफूलाई सक्रिय बनाएको स्रोतले जनाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकमा सामाचार छापिएको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij