२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘कैलाली हत्याकाण्ड’ : रेशम चौधरी सहित १० जनालाई सर्वस्वसहित जन्मकैद

‘कैलाली हत्याकाण्ड’ : रेशम चौधरी सहित १० जनालाई सर्वस्वसहित जन्मकैद

कैलालीको टिकापुरमा भएको हत्याकाण्डका मुख्य अभियुक्त मानिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरीसहित १० जनालाई सर्वस्वसहित जन्मकैद भएको छ ।

बुधबार जिल्ला अदालत कैलालीले उक्त मुद्दामा फैसला सुनाएको हो । अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) अनुसार जन्मकैदको फैसला सुनाइएको हो ।

सोही मुद्दाका दोषी भनिएका लक्ष्मणलाल थारुले भने सफाई पाएका छन् । दोषी ११ जना नै भए पनि एक जना नाबालक रहेकाले उनलाई सजाय तोकिएको छैन ।

मधेस आन्दोलनका क्रममा कैलालीको टिकापुरमा ९ जना प्रहरीको हत्या भएको थियो भने सर्वसाधारणको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij