
नेपाली क्रिकेट खेलाडी संघ (सिप्यान) द्वारा राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाली क्रिकेटको लागि सहभागिता जनाईसकेका बासुदेव थापालाई आर्थिक सहयोग गरेको छ । लामो समयदेखि बिरामी परेका बाबुराम थापालाई ‘सिप्यान’ले सहयोग गरेको हो | सिप्यान अध्यक्ष डाक्टर मनिषराज पाण्डेले नगद रुपैयाँ ५० हजार सहित सम्मान गरेको हो |
काठमाण्डौ आयोजित सिप्यानको चौथो साधारण सभाको अवसरमा सो सम्मान गरिएको जनाईएको छ | साधारण सभाले सिप्यानमा रिक्त दुई स्थानमा ‘शक्ति गौचन’ र ‘ज्योति पांडे’लाई नियुक्त गरेको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij