२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गौतम बुद्द विमानस्थल निर्माणको बाँकी काम जिम्मा लिन जर्मनी सरकार ईच्छुक

गौतम बुद्द विमानस्थल निर्माणको बाँकी काम जिम्मा लिन जर्मनी सरकार ईच्छुक

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले हिजो मित्रराष्ट्र जर्मनीका राजदूत रोल्यान्ड स्याफरसहितको एक टोलीसंग भेट गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा यमलाल भुसालले लेखेका छन् ।

भेटका क्रममा राजदूत रोल्यान्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए ।

भेटमा राजदूत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए ।

उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानुनी वातावरण, तालिमप्राप्त जनशक्तिलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij