२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उपत्यकाबाट जरायोको सिङ सहित एकजना पक्राउ

उपत्यकाबाट जरायोको सिङ सहित एकजना पक्राउ

ललितपुर महानगरपालिका-९ बाट संरक्षित वन्यजन्तु जरायोको सिङ सहित एक जनालाई गरेको छ |  विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुर तथा प्रभाग बालकुमारी प्रहरीले

ललितपुर कोन्जयोसोमा गाउँपालिका २ शंख भई हाल ललितपुर महानगरपालिका ९ भोल्ढोमा बस्ने गोकुल विश्वकर्मालाई पक्राउ गरेको हो |

कोठामा लुकाइछिपाई राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने ठूलो ८ थान र सानो २ थान सिङ, पित्तल जडित शंख थान १, बीचमा प्वाल रहेको गोलाकार सिक्का पैसा थान ५ पनि बरामद भएको ललितपुर प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान र कार्वाहीको लागी जिल्ला वन कार्यालय हात्तीवनमा पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij