२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पूर्व अर्थमन्त्री अधिकारीको ‘क्लिनिकल्ली डेथ’

पूर्व अर्थमन्त्री अधिकारीको ‘क्लिनिकल्ली डेथ’

 

स्वास्थ्य स्थिती अत्यन्तै गम्भीर अव्स्थाना पुगेपछि अस्पताल भर्ना भएका पूर्वउपप्रधानमन्त्री एवम अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थित अत्यन्त जटिल एवम क्लिनिकल्ली डेथ’ भएको जनाईएको छ |

धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर सार्वजनिक भएपछि नेकपाका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य स्थिति बुझेर जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अधिकारीको क्लिनिकलरुपमा मृत्यु भइसकेको छ, प्रविधिकरुपमा मात्र उहाँ जीवित हुनुहुन्छ, उहाँको सबै परिवारका सदस्य राजधानी आएपछि चिकित्सकले औपचारिक रुपमा मृत घोषणा गर्नेछन् ।”

आज नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, कानून, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले अधिकारीको स्वास्थ्यस्थितिबारे चिकित्सकसँग जानकारी लिनुभएको हो ।

मुटु र फोक्सोमा समस्या भएपछि उपचाररत उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उहाँको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन् । बितेका २४ घण्टादेखि पिसाब बन्द भएको छ ।

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनःभर्ना गरिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार ह्याम्स अस्पतालमा उहाँको उपचारमा डा भगवान् कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij