२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गर्भवतीलाई अण्डा र हरियो झण्डा

गर्भवतीलाई अण्डा र हरियो झण्डा

 

गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे ।

महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् । ‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा दिएर अनि झण्डा फिर्ता लगे । घरमै दिइएके सुझावले मलाई स्वास्थ्य केन्द्रमा सुत्केरी हुन प्रेरणा दियो ।’ विकले भनिन् । सुत्केरी भएपछि एक क्रेट अण्डा लिएपछि आफै स्वास्थ्य चौकी जान थालेको उनको कथन छ ।

भोटेकोसी गापा गुम्बाको ३० वर्षीय माइली लामालाई स्वास्थ्य चौकीमा जानै मन लाग्दैनथ्यो । जनप्रतितिनिधिसहित स्वास्थ्य सेविकाले झण्डा गाडेर समयसमयमा सुझाव दिएपछि उनको सोचाइ बदलिएको छ । ‘म पनि केही दिनअघि मात्रै स्वास्थ्य चौकीमा सुरक्षित अवस्थामा सुत्केरी भए,’ उनले भनिन् । यो समाचार अनिश तिवारीले कान्तिपुरमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij