२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘कोपा डेल रे’को फाईनलमा बार्सा भर्सेज भ्यालेन्सिया

‘कोपा डेल रे’को फाईनलमा बार्सा भर्सेज भ्यालेन्सिया

स्पेनिस कोपा डेल रेको यस सिजनको उपाधिका लागि बार्सिलोना र भलेन्सिया भिड्ने भएका छन् ।

गएराती भएको दोस्रो सेमिफाइनलको दोस्रो लिगमा भलेन्सियाले रियल बेटिसलाई १-० ले पराजित गरेपछि समग्रमा ३-२ को नतिजासहित भलेन्सिया फाइनलमा पुगेको हो ।

सेमिफाइनलको पहिलो लिगमा दुवै टिम २-२ गोलको बराबरीमा रोकिएका थिए । भलेन्सियाको जितमा खेलको ५६औ मिनेटमा रोड्रीगोले खेलको एक मात्र गोल गरेका थिए ।

भलेन्सिया पछिल्लो ११ बर्षमा पहिलो पटक कुनै पनि प्रतियोगियाको फाइनलमा पुगेको छ । भलेन्सियाले यसअघि सन् २००८ मा गेटाफेलाई ३-१ गोल अन्तरले पराजित गर्दै कोपाको उपाधि जितेको थियो । भलेन्सियाले अहिलेसम्म ७ पटक कोपाको उपाधि जितेको छ । भलेन्सिया कोपाको फाइनलमा पुगेको भने यो १७औ पटक हो । यसअघिका १६औ फाइनलमा ७ पटक उपाधि जितेको थियो भने ९ पटक उपविजेता बनेको थियो ।

त्यस्तै फाइनलमा पुगेको बार्सिलोना भने लगातार चौथो पटक यो उपाधि जितेर अब लगातार पाँचौ पटक उपाधि जित्ने तयारीमा रहेको छ । बार्सिलोनाले सन् २०१४-१५ सिजन देखि लगातर कोपाको उपाधि जित्दै आएको छ । अहिलेसम्म बार्सिलोनाले कोपाको उपाधि सबै भन्दा धेरै ३० पटक जितेको छ । बार्सिलोना भने कोपाको फाइनलमा पुगेको यो ४१औ पटक हो । यस अघि ३० पटक उपाधि जितेको थियो भने १० पटक उपविजेता बनेको थियो ।

बार्सिलोना पछि कोपाको उपाधि एथलेटिको बिल्बाओले २३ पटक, रियल म्याड्रिडले १९ पटक र एथलेटिको म्याड्रिडले १० पटक जितेका छन् ।

त्यस्तै कोपाको फाइनलमा पुगेर धेरै पटक उपाधि जित्न नसक्ने टिम भने रियल म्याड्रिड हो । अहिलेसम्म ३९ पटक फाइनलमा पुगेपनि २० पटक फाइनलमा हारेर उपविजेतामा चित्त बुझाएको छ ।

अब कोपाको फाइनल खेल भलेन्सिया र बार्सिलोनाबीच आगामी मे २५ मा सेभिल्लाको मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij