२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मन्त्री अधिकारीको गृह जिल्ला कास्कीमा अन्त्येष्टि

मन्त्री अधिकारीको गृह जिल्ला कास्कीमा अन्त्येष्टि

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ आफ्नै जिल्ला कास्कीको रामघाटमा अन्त्यष्टि गरिएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका मंत्रीको आज अन्त्येष्टि गरिएको हो |

उहाँलाई  जेठा छोरा विराजले दागबत्ति दिनुभएको थियो । दागबत्ति अघि नेपाली सेनाले मन्त्री अधिकारीलाई सलामी दिएको थियो। यसअघि मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा राखिएको थियो  भने गृहनगर पोखराको प्रदर्शनी केन्द्रमा पनि श्रद्धञ्जलीका लागि राखिएको थियो।

मन्त्री अधिकारीलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पार्टीको झण्डा अढाउनुभएको थियो  वामदेव गौतमले पार्टीको झण्डा ओढाउनुभएको थियो । मन्त्री अधिकारीलाई अन्मित संस्कारका लागि पोखराको प्रदर्शनी केन्द्रदेखि महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट शवयात्रा निकाल्दै रामघाटमा पुर्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij