
आईसीसीले निकालेको नयाँ वरियाता क्रममा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको दुई स्थान सुधारिएको छ| आईसीसीद्वारा जारी टी–२० को नयाँ वरीयताको अलराउण्डरतर्फ कप्तान पारस खड्का ३८औं स्थानमा उक्लन सफल भएका छन् । अखिल्लो महिना कप्तान पारस ४०औं स्थानमा थिए ।
कप्तान पारसले भारतका रोहित शर्मा, इंग्ल्यान्डका जोइ रुट, मोइन अली, बेन स्टोक्स जस्ता खेलाडीलाई पछि पारेका छन् । ब्याटिङतर्फ पारस ९२औं स्थानमा छन् ।
त्यस्तै अलराउण्डरतर्फ सोमपाल कामी ५० औं स्थानमा रहेका छन् । उनी यसअघि ५१ औं स्थानमा थिए । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij