२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल भारत पाईपलाईन निर्माण कार्य तीव्र गतिमा : वैसाख भित्र काम सम्पन्न हुन सक्ने

नेपाल भारत पाईपलाईन निर्माण कार्य तीव्र गतिमा : वैसाख भित्र काम सम्पन्न हुन सक्ने

भारतबाट पाईपलाईनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने गरी निर्माण प्रक्रिया अगाडी बढाईएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम पुन सुचारु भएको छ | मन्त्रीपरिषद निर्णयले पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्र भित्र रहेको रुख कटानका लागि आवशयक प्रक्रिया सहित निर्देशन दिएको हो |

गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुरु गरेको हो ।

निकुञ्जले पथलैयास्थित टिम्बर कर्पोरेसनलाई रुख कटान गरी लगत राख्न पत्राचार गरेको छ ।

यो निर्णयसँगै दुवै आयोजनाले गति लिएको छ । एक महिनाभित्र पाइपलाइन बिछ्याउने काम सम्पन्न गर्ने र केही दिन परीक्षण गरेर वैशाख अन्तिममै पाइपलाइनबाट इन्धन ल्याउने लक्ष्य राखेको नेपाल आयल निगमका डिपो प्रमुख प्रदीप यादवले बताए । आजको अन्नपूर्ण दैनिकमा समाचार छ |

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij