२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतीय लडाकु विमानका कमाण्डर वर्तमानलाई पाकिस्तानले भोलि रिहा गर्ने

भारतीय लडाकु विमानका कमाण्डर वर्तमानलाई पाकिस्तानले भोलि रिहा गर्ने

पाकिस्तानले आफ्नो भुमि माथि आक्रमण गर्न आएको भारतीय वायु सेनाका विंग कमान्डर अभिनन्दन वर्तमानलाई भारतलाई नै जिम्मा लाउने भएको छ | आफ्नो कब्जामा रहे पनि पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अभिनन्दनलाई रिहा गर्ने भन्दै भारत संग शान्ति पूर्ण वार्ता गर्न तयार रहेको बताएका छन् |

भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन बुधबार लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो ।

पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ । एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’

त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन्  भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् । त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् ।

अभिनन्दनका बुवा पनि भारतीय वायु सेनामा थिए । उनका भाइ पनि वायु सेनामा नै रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij