एजेन्सी । भारत आन्ध्रप्रदेशस्थित विजयनगमा शनिबार राति ११ बजे रेल दुर्घटना हुँदा मृतकको संख्या ३६ पुगेको छ । सो घटनामा ९८ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था अत्यन्तै गम्भीर भएकाले मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।
हिराखण्ड एक्सप्रेसको सो रेल कुनेरी स्टेशननजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा रेलको ९ वटा डिब्बा लिकबाट बाहिर गएको छ । सो रेलमा २३ ओटा डिब्बा थिए ।
घटनाबारे अनुसन्धान जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij